लाखौं मूल्य बराबरको सामानसहित ट्रक प्रहरी नियन्त्रणमा

साझेदारी दैनिक
519 पाठक संख्या

कलैया । सर्लाही प्रहरीले लाखौं मूल्य बराबरको सामान सहित एक ट्रकलाई आइतबार नियन्त्रणमा लिएको छ।

सर्लाहीको बागमती नगरपालिका १२ स्थित चेकपोष्टमा प्रहरी नायब निरीक्षक सुभाष यादवको कमाण्डमा खटिएको प्रहरी टोलिले सो ट्रकलाई नियन्त्रणमा लिएको हो।

रुपन्देही बुटवलबाट मोरङ तर्फ जादै गरेको प्र.३–०१–००५ ख ९४६० नम्बरको ट्रकलाई जाँच गर्दा उक्त ट्रकमा जिरा पाउडर, कस्मेटिक,टायर,हेलमेट,मोटर पार्टसहरु,ब्याट्री,मेडिसिन,मेसिन, हार्डवेयर,किचेन सिंक लगायतका खुद्रा सामानहरु बरामद भएको हो।

सो सामानको प्रज्ञापन पत्र नभएको सर्लाही प्रहरीले जनाएको छ। कतिपय सामानहरुको भ्याट बिल नभएको पाइएको प्रहरीको दावी रहेको छ।

सामानहरुको बिल–बिजक शंकास्पद देखिएकोले मूल्य रू ४७ लाख ९७ हजार पांच सय एक रुपैयाँ बराबरको सामानहरु ट्रक सहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Leave a review

This will close in 0 seconds