कलैयामा ज्येष्ठ नागरिकहरुलाई सम्मान

संदिप प्रसाद यादव
400 पाठक संख्या

कलैया : बडा दशै २०८१ को शुभ अवसरमा बाराको कलैयामा एक कार्यक्रमवीच ज्येष्ठ नागरिकहरुका लागी सम्मान तथा नि.शुल्क स्वास्थ्य बिमा सुरु गरिएको छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर–१ को वडा कार्यालयको प्राङ्गणमा भएको उक्त कार्यक्रम समाज कल्याण सहयोगी समुह र कलैया उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयको संयुक्त रुपमा आयोजना गरेको हो ।

सो अवसरमा स्थानीय ज्येष्ठ नागरिकहरुलाई सम्मान तथा नि.शुल्क स्वास्थ्य बिमा कार्ड बनाउने काम गरिएको थियो ।

कार्यक्रममा बारा क्षेत्र नम्बर ३ क का प्रदेशसभा सदस्य रबिन्द्र दास श्रेष्ठले ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्नु भएका छन् । सो कार्यक्रममा दुई सय ५० जना भन्दा बढी ज्येष्ठ नागरिकहरुलाई सम्मान तथा नि.शुल्क बिमा गरिएको समाज कल्याण सहयोगी समुहले जनाएको छ ।

समाज कल्याण सहयोगी समुहका अध्यक्ष राम आशिष साहको अध्यक्षतामा भएको उक्त सम्मान कार्यक्रममा कलैया उपमहानगरपालिका का नगर प्रमुख विनोद प्रसाद साह,प्रशासकीय अधिकृत नाथु साह, कलैया उपमहानगरपालिका –१ का वार्ड अध्यक्ष मोहन बहादुर क्षेत्रि,पुर्व वार्ड अध्यक्ष हरिओम साह सोनार,वार्ड नम्बर १ का वार्ड सदस्य शशी दास,श्री सिदेश्वर संस्कृत विधालय व्यवस्थापन समितिका अध्यक्ष मनिन्द्रनाथ शर्मा,ग्यालेक्सी पब्लिक स्कुल कलैयाका विधालय व्यवस्थापन समितिका अध्यक्ष महाबिर रिसाल,समुहका पदाधिकारी,ज्येष्ठ नागरिक,समाजसेवी,सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियोे ।

उक्त नि. शुल्क स्वास्थ्य बिमा कार्यक्रम २०८१ असोज १९ गते देखि २१ गतेसम्म चल्ने समेत वडा अध्यक्ष क्षेत्रीले बताएका छन । नागरिकहरु मध्य कोहि राष्ट्रिय परिचयपत्र बनाउन छुटनु भएका छ भने कलैया उपमहानगरपालिका को कार्यालयमा गई परिचयपत्र बनाउन आग्रह उनले गरेका छन् ।

कार्यक्रममा स्वागत मन्तब्य समाज कल्याण सहयोगी समुहका उपाध्यक्ष अनिल कुमार गौरवले राखेका थिए भने कार्यक्रमको संचालन सह–सचिव बसन्त घिमिरेले गरेका थिए ।

Leave a review