जीतपुर : बाराको सिमरा औराहामा रहेको घण्टीमाई बचत तथा ऋण सहकारी संस्था लि.ले मोबाइल बैंकिङ,ट्याब बैंकिङ तथा अनलाइन कारोबारसम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
सदस्य सेवाहरूलाई अझ प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले ईन्फो डेभलपर्स प्रा.लि. बीरगंज शाखाबाट प्राविधिक रन्जित गुप्ताले प्रशिक्षण सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा करिब १ सय जना सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूलाई मोबाइलमार्फत बैंकिङ सेवा,ट्याब बैंकिङको प्रयोग तथा अनलाइन कारोबार कसरी गर्न सकिन्छ भन्नेबारे विस्तृत जानकारी प्रदान गरिएको आयोजक संस्थाका ब्यवस्थापक नबिन खड्काले जानकारी दिए ।
संस्थाकी अध्यक्ष कोपिला सिम्खडाको अध्यक्षतामा भएको उक्त कार्यक्रमा प्रमुख अतिथिका रूपमा जितपुरसिमरा उपमहानगरपालिका सहकारी शाखाका प्रमुख दुर्गा न्यौपानेको उपस्थिति रहेको थियो ।

