बारा प्रहरीले ४८ लाख ५२ हजार बराबरको अबैध समानसहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थित गाडिहरूलाई रोकी चेक जाँच गर्ने क्रममा अबैध समानसहित ट्रकलाई नियन्त्रणमा लिइएको हो ।
उक्त ट्रकमा बिल भरपाई भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य रू. ४८ लाख ५२ हजार ३ सय १३ रूपैया बराबरको अबैध समान प्रहरीले बरामद गरेको छ ।
प्रहरीले वीरगंजबाट चितवन तर्फ जादै गरेको गरेको ना ३ ख ७९११ नम्बरको ट्रकमा लोड रहेको खुद्रा समान अन्दाजी मुल्य २५ लाख २१ हजार ७ सय ८८ रूपैया बराबरको समान बरामद गरेको छ ।
त्यस्तै प्रहरीले वीरगंजबाट मोरङ तर्फ जादै गरेको ना ८ ख ७०९५ नम्बरको ट्रकमा लोड गरेको खुद्रा समान अन्दाजी मुल्य रू. २३ लाख ३० हजार ५ सय २५ रूपैया बराबरको सामन रहेको प्रहरीले जनाएको छ ।
अबैध समानसहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय,पथलैया बारामा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन्।

