Sajhedari Daily
Latest News from Nepal

उद्योग वाणिज्य संघको बिज्ञप्ती गैरकानुनी भएको युवाहरुको आरोप

नगर उद्योग वाणिज्य संघले स्थानिय उद्योगका बिषयमा जारी गरेको बिज्ञप्ती गैरकानुनी भएको स्थानिय युवाले आरोप लगाएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका नगर उद्योग वाणिज्य संघले उद्योग संचालन गर्न नदिने स्थानियहरुलाई लक्षित गरी बिज्ञप्ती नै निकालेर बिभिन्न आरोप लगाएपछी उनीहरु उद्योग वाणिज्य संघको कार्यलाई गैरकानुनी भएको आरोप लगाएका हुन ।

वीरगञ्ज–पथलैया करिडोरका उद्योगले भारतीय कामदाम नेपाल झिकाई उद्योग संचालन गर्न थालेपछी जीतपुर सिमराका स्थानिय युवाको नेतृत्वले उद्योगमा निगरानी शुरु गरेपछि सो को विरोधमा स्वारुप उद्योग संघले विज्ञप्ती नै निकालेको हो ।
करिडोरको सबैभन्दा बढी कामदार रहेको जगदम्बा स्टिलमा युवाले विशेष निगरानी बढाएका छन् ।

उद्योगले प्लान्ट संचालन गर्ने बहानामा भारतका कामदार रातारात उद्योग भित्राएपछी युवाहरु समुहगत रुपमै बिरोधमा उत्रिएका हुन् । स्थानिय सरकार संचालन ऐनमा वडा समितिले आफ्ना मातहतका उद्योगहरुलाई अनुगमन र नियमन गर्न पाउने र वडामा संक्रामक रोगले महामारीको रुप लिए नियन्त्रणमा भुमिका निर्वाह गर्नुपर्ने बाध्यकारी कानुनी ब्यवस्था छ ।

सोही अनुरुप वडा नम्बर २ का वडा अध्यक्ष तिलक बहादुर श्रेष्ठको नेतृत्तमा कोभिड १९ रोकथामका लागी खवरदारी समितिी गठन गरेको बताइएको छ ।तर उद्योगलाई मापदण्ड अनुसार संचालन गर्न खवरदारी गर्ने कार्यलाई संघले सो कार्य गर्न नपाउने भन्ने उल्लेख गरेकाले बिज्ञप्ती गैरकानुनी भएको भन्दै सच्याउन स्थानीयहरुले आग्रह गरेका छन् ।
फोटोः

Comments are closed.

error: Content is protected !!