बारामा १५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाराले जनाएको छ । स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवका अनुसार संक्रमित हुनेहरुमा जीतपुर सिमरा उपमहानगरपालिकाका ५ जना, जीतपुर ब्यारेकमा काम गर्ने २ जना सैनिक, सुवर्ण गाँउपालिकामा २ जना, महागढीमाईमा २ जना, कोल्हवी नगरपालिकामा ३ जना सिम्रौनगढ नगरपालिकामा १ जना गरि २ जना महिला र १३ जना पुरुष गरी जम्मा १५ जनामा कोरोना पुष्टि भएको हो ।
भदौ १२ गते स्याव संकलन गरेकोमा भदौ १५ गते कोरोना पोजेटिभ भएको हो । संक्रमितहरुको कलैया स्थित गंगापुरको आइसोलेसनमा राखी उपचार थालिएको प्रहरी प्रवतmा गौतम मिश्रले बताउनुभयो ।