जीतपुरमा २ सय ६१ किलोको एउटा बिशाल लड्डुसहित गणेश चतुर्थि पुजा सुरु

रञ्जन यादव
367 पाठक संख्या

जीतपुर : बाराको जीतपुरमा २ सय ६१ किलोको एउटा बिशाल लड्डु सहित श्रीगणेश चतुर्थी पूजा सुरु भएको छ ।

गणेश भगवानको मुर्ति लगायत अरु मुर्तिहरुको मुख खोलेर मधेश प्रदेशका बन तथा बाताबरण मन्त्री त्रिभुवन साहले शनिवार उक्त पुजाको उद्घाटन गर्नुभएको छ ।

मन्त्री साह आरती गरी भजनकिर्तनमा भाग लिएका थिए । पुजाको पहिलो दिन एउटा हात्ती र ५ वटा घोडा सहित हजारौँको भक्तजनको सङ्ख्यामा शोभा यात्रा निकालिएको छ । शोभा यात्रा जीतपुर परिक्रममा गरेको थियो । शनिबारदेखि सुरु भएको पुजा सप्ताहब्यापी हुने गणेश चतुर्थी पुजा समितिका अध्यक्ष श्रीराम साह कानुले जानकारी दिनुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ७ गौशालाको फिल्डमा भईरहेको पुजामा २ सय ६१ किलोको लड्डुको बिशेष रौनक रहेको छ । महोत्सवमा रोटे पिंङ्ग,सर्कश लगायत मनोरञ्जनका सामग्रीहरु रहेको छ ।

गत बर्षको महोत्सवमा बनाईंदै आएको २ सय ५१ किलोको एउटै लड्डुको आकारलाई बृद्धि गर्दै यस वर्षको पूजामा २ सय ६१ किलोको लड्डु बनाईएको छ ।

त्यस्तै तेली समाज जीतपुरसिमरा नगर कमिटीले जीतपुरमा एक कार्यक्रमको आयोजना गरी बन तथा बाताबरण मन्त्री त्रिभुवन साहलाई सम्मान गरेको छ ।

तेली समाजबाट प्रतिनिधित्व गरि मन्त्री बन्नुभएको बन मन्त्री साहलाई दोसल्लाहा ओढाई नगर तेली समाजका अध्यक्ष संजय कुमार साहले सम्मान गर्नुभएको हो । कार्यक्रममा तेली समाजको बारा जिल्ला अध्यक्ष बजरंगी साह तेलीको समेत उपस्थिती रहेको थियो ।

Leave a review