बारा जिल्लाबाट संचालित अनलाइन मिडिया स्पर्श खबरले गुरु पूर्णिमाको अवसरमा शनिबार बिपन्न बर्गलाई ३ सय थान भेष्ट बितरण गरेको छ ।
गुरु पूर्णिमाको अवसर पारेर ३ सय थान भेस्ट वितरण गरिएको स्पर्श खबरका सञ्चालक तथा सहसम्पादक मनोज साहले जानकारी दिए ।
आषाढ शुक्ल पूर्णिमाको दिनलाई गुरु पूर्णिमा मनाइन्छ । पौराणिक मान्यता अनुसार यसै दिनमा वेद व्यासको जन्म भएकोले सो दिनलाई व्यास पूर्णिमा पनि भनिन्छ ।
पूर्वीय सभ्यतामा गुरुलाई उच्च स्थान र सम्मान दिइन्छ । प्रत्येक व्यक्तिको जीवनमा गुरुको ठूलो महत्व हुने भएकोले गुरुवर्गको उच्च सम्मान गर्नुपर्ने तथा गुरुजनको योगदानको सम्मान गर्नुपर्ने सन्देश प्रदान गर्ने महान् उद्देश्यले स्पर्श खबरले गुरु पूर्णिमाको अवसरमा कपडा वितरण गरेको स्पर्श खबरका सम्पादक रञ्जित चौधरीले जानकारी दिए ।

