पर्सामा सवारी दुर्घटनामा परि ५१ जनाको मृत्यु,सबै भन्दा बढी मोटरसाईकल दुर्घटना

राम मण्डल
262 पाठक संख्या

पर्सामा बितेको आर्थिक बर्ष ०८०/८१ मा सवारी दुर्घटनामा परि ५१ जनाले ज्यान गुमाएका छन । ति दुर्घटनामा परी आठ सय चार जना मानिसहरु घाईते भएका छन्। जिल्लामा एक बर्षमा ५ सय ४४ वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

अघिल्लो आर्थिक वर्ष ०७९/८० मा भने सवारी दुर्घटनामा परि पर्सामा ३९ जनाको मृत्यु भएको थियो ।उक्त दुर्घटनामा परि चार सय ९९ जना घाइते भएका थिए । चार सय छ वटा सवारी साधनहरु दुर्घटनामा परेका थिए ।

यस आँकडा अनुसार गत आव भन्दा बितेको आवमा सवारी दुर्घटनाको सँख्या ६६ प्रतिशतले बढेको छ । दुर्घटनामा परि मृत्यु हुनेको संख्या २४ प्रतिशतले बढेको ट्राफिक प्रहरी पर्साले उपलव्ध गराएको तथ्यांकले देखाउँछ ।बितेको आव ०८०/८१ मा सबै भन्दा मोटरसाईकल दुर्घटना भएको छ ।

बर्षमा भएका पाँच सय ४४ वटा सवारी दुर्घटना भएको थियो । त्यस मध्ये ५ सय ५४ वटा मोटरसाइकल दुर्घटनामा परेका थिए । यस्तै ५७ वटा टेम्पु,५४ वटा कार÷जीप,२९ वटा ट्याक्टर,२९ वटा ट्रक,२८ वटा ट्याक्टर र १० वटा बस दुर्घटनामा परेको थियो । जिल्लामा सबै भन्दा बढी मोटरसाईकल दुर्घटनामै परेर मानिसहरुले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक भाष्कर खतिवडाले जानकारी दिए ।

उनले पछिल्लो समय सडकहरु राम्रो बनेकोले ती सडकमा गाडीहरु गुडाउने चालकले बढी गतिमा चलाउने गर्नु गाउँमा भएको पिच सडकमा बिना हेल्मेट ट्राफिक नियमको पालना नगरि मोटरसाईकल चलाउनाले पनि दुर्घटना बढेको उनले बताए ।

पर्सामा रहेको हुलाकी राजमार्गमा चार स्थानमा तथा जितपुरदेखि ठोरीसम्म जाने जनता सडकको वीरगञ्ज–३१ स्थित मिलन चोकमा नियमित ट्राफिक चेकजाँचको लागि प्रहरी खटाएको खतिवडाले साझेदारी दैनिकलाई जानकारी दिए ।

‘शहर भन्दा पनि पछिल्लो समय गाउँहरुमा ट्राफिक विपरित बिना हेल्मेट मोटरसाईकल चलाउनेको सँख्या बढी देखिएकोले दुर्घटनामा पनि बढेको छ,उनले भने ।गाउँमा भएको हुलाकी राजमार्गमा कही ट्राफिक भेटियो भने हेल्मेट लगाउने पछि फेरि नलगाउने गर्नाले मोटरसाईकलहरु दुर्घटनामा पर्छन ।

त्यसमा मानिसहरुको मृत्यु पनि बढी हुन्छ ।’दुर्घटना रोक्न ट्राफिक प्रहरीले गाउँगाउँमा सचेतनामुलक कार्यक्रमहरु गरिरहेको बताउदै खतिवडाले दुर्घटना रोक्न चालक,यात्रु,सडक विभाग सर्ब साधारण लगायत सबैको सहयोगको आवश्यकता रहने बताए ।

Leave a review

This will close in 0 seconds