पचास किलो गाँजासहित पर्साबाट एक महिला पक्राउ

साझेदारी दैनिक
314 पाठक संख्या

प्रतिबन्धित लागु औषध गाँजा सहित पर्सा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ ।

पर्साको ठोरी गाउँपालिका-२ सुन्दरबस्ती टोल बस्ने ३० वर्षीय अनिता गुरौलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको घर कोठाबाट प्रहरीले खानतलासी गर्दा ५० किलो गाँजा बरामद भएको थियो ।गाँजा बरामद भएपछि गुरौलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले जानकारी दिए ।

उनी बिरुद्ध लागु औषध सम्बन्धी कसूरमा अदालतबाट पाँच दिनको म्याद थप गराई कारवाही प्रक्रिया अघि बढाइएको छ ।

Leave a review

This will close in 0 seconds