कलैया : बाराको कलैया उपमहानगरपालिको बिभिन्न वडामा रहेको चापाकलहरु सुक्न थालेपछि पानीको हाहाकार भएको छ। लामो समय खरेडीका कारण जिल्लाको सदरमुकाम कलैया सहित विभिन्न ठाउहरुमा खानेपानीका समस्या देखिएको छ।
बिगत एक महिनादेखि बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १७ मा खानेपानीको हाहाकार भएको छ। उक्त वडाको ठुलो ब्रहम्पुरी, सानो ब्रहम्पुरीमा खानेपानीको हाहाकार भएको हो।
ठुलो ब्रहम्पुरीमा रहेको अधिकांश चापाकल सुक्न थालेको छ। केही चापाकलमा पानी समेत आउन छाडेको छ। चापाकल सुकेपछि ब्रम्हपुरीवासीलाई खाना बनाउन, लुगा कपडा सफा गर्न, नुहाई धुवाई गर्न समस्या भएको छ। उक्त टोलमा तीन सय घरधुरी रहेका छन। अधिकांशको घरमा रहेको चापाकल सुकेको छ।
छिमेकीको घरबाट पानी ल्याएर खान बनाउने, लुगाकपडा सफा गर्ने, नुहाई धुवाई गर्ने गरेको स्थानीय सरोज साह बताउछन्। पानी परेको बेलामा चापाकलमा अलि अलि पानी आउने गरेको छ। पानी नपरेको बेलामा चापाकलमा पानी नआउने गरेको साहले बताए।
मानिसहरु बाटर पम्प, मोटर चलाएर खेतमा गई नुहाई धुनाई गर्ने गरेका छन्। बंगरी खोला नजिक रहेको चापाकलमा पानी आउने गरेको छ भने खोला देखि टाढा रहेको चापाकलमा पानी नआउने गरेको उनले बताए।
कालोपत्रे सडकको नजिक पूर्व तिरको चापाकल सुकेका छन्। पश्चिम तिरको चापाकलमा अलिअलि पानी आउने गरेको स्थानीय अजय कुशवाहाले बताए। एक सय १६ फिटमा गाडिएको चापाकल सुकेका छन।

