देवाही गोनाहीमा हुलाक कार्यालय स्थापना,नगर प्रमुख साहले गरे उद्घाटन

साझेदारी दैनिक
336 पाठक संख्या

रौतहट,०३ भदौ । ओम प्रकाश यादव/

रौतहटको देवाही गोनाही नगरपालिकामा हुलाक कार्यालय स्थापना भइ सञ्चालनमा आएको छ ।

देवाही गोनाही नगर प्रमुख भिखारी प्रेमलाल साह र उप प्रमुख परनिया देवि पटेल दुबै जनाले सोमवार एक कार्यक्रमका बीच हुलाक कार्यालयको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

गोनाही स्थित नवनिर्मित भवनमा स्थापना भएको हुलाक कार्यालयको उद्घाटन गरिएको छ ।

मेयर साहले उद्घाटन गरेसंगै सो कार्यालय सोमवारदेखी नै सञ्चालनमा आएको जिल्ला हुलाक कार्यालय गौरका कार्यालय प्रमुख एवं हुलाक अधिकृत देवनाथ यादवले जानकारी दिएका छन् ।

स्थानीय तहबाट नै शीघ्र तथा विश्वस्नीय रुपमा चिठ्ठीपत्रहरु सम्न्धित व्यक्ति समक्ष पुरयाउने,हुलाक टिकट प्रकाशन गर्ने लगाएत हुलाक सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्ने उद्देश्यले देवाही गोनाहीमा पनी हुलाक कार्यालय स्थापना गरिएको जिल्ला हुलाक कार्यालय गौरका प्रमुख यादवले बताए ।

एक पालिका एक हुलाक कार्यालय स्थापना गर्ने उद्देश्य अन्तर्गत अहिलेसम्म हुलाक कार्यालय नरहेको देवाहीमा हुलाक कार्यालय स्थापना गरिएको र यसले अब पालिकाबासीलाई हुलाक सम्बन्धी सेवा लिन सहज हुने विश्वास लिइएको उनले बताए ।

जिल्लाको सबै पालिकामा हुलाक कार्यालय सञ्चालन गर्ने लक्ष्य अनुसार अहिलेसम्म जिल्लामा रहेको १८ स्थानीय तहमध्ये १४ वटा स्थानीय तहमा कार्यालय स्थापना भइसकेको र अब चारवटा पालिकामा मात्र कार्यालय स्थापना गर्न बाँकी रहेको हुलाक अधिकृत यादवले बताए ।

हुलाक कार्यालय सञ्चालन हुन बाँकी रहेको इशनाथ,बौधीमाई, वृन्दावन र परोहा नगरपालिकामा पनि चाडै हुलाक कार्यालय सञ्चालन गरिने उनले बताए ।

Leave a review