कलैया : ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा बाराको महागढीमाई नगरपालिकामा बाल दुव्र्यवहार सहेके ना कहेके बा” विषयक वक्तृत्वकला सम्पन्न भएको छ ।
प्रतियोगिताको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खड्काले उदघाटन गर्नुभएको छ । उक्त कार्यक्रममा बालबालिकासँग अन्तरकृया गर्दै प्रहरी उपरिक्षक खड्का प्रहरीलाई मित्र सम्झिएर दुव्र्यवहार बारे जानकारी आग्रह गरेका छन् ।
गलत तवरले छुने,गलत शब्द प्रयोग गर्ने,गलत नियतले हेर्ने,मन तथा तन दुख्ने बोली व्यवहार कोहि कसैबाट भएमा सहेर नबस्न तुरुन्तै १०० मा फोन गरेर जानकारी दिन प्रहरी उपरिक खड्काले बालबालिकाहरुलाई आग्रह गरेका छन ।
उहालाई यसरी दिएको सुचनाले भविष्यमा हुन सक्ने दुर्घटना रोक्न साथै बाल शोषकलाई कारवाहीको दायरामा ल्याउन मदत पुग्ने बताए ।
इस्लामिक रिलिफ क्यानडा,इस्लामिक रिलिफ नेपालको सहयोग तथा जनजागरण युवा क्लब (जेजेवाइसि) बाराको आयोजनामा संचालित समुदायको उत्थानशिलता सुदृढिकरण परियोजनाको आयोजना एवं स्थानिय युवा तथा बाल क्लबहरुको सहकार्यमा प्रतियोगिता गरिएको हो ।
आयोजित “बाल दुव्र्यवहार सहेके ना कहेके बा” विषयक अन्तर आधारभूत विद्यालय स्तरिय वक्तृत्व कला प्रतियोगितामा ११ जना छात्रछात्राले सहभागिता जनाएका छन।
प्रतियोगितामा चन्दन कुमार सहनी प्रथम,आदित्य कुशवाहा द्धितिय,सहजाद अन्सारी तृतिय र नितेश पंडितले सन्त्वना स्थान हासिल गरेको आयोजकले जनाएको विजेताहरुलाई मेडल,शैक्षिक सामग्री,चकलेट प्रदान गरिएको थियो ।
भोजपुरी तथा नेपाली भाषामा भएको प्रतियोगितामा श्री गढीमाई महेन्द्र आधारभूत विद्यालय (बजार स्कुल),श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय वेतावना र श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय सेमराका छात्रछात्राहरुले भाग लिएका थिए ।
आयोजक जेजेवाइसिका कोषध्यक्ष सियाराम यादवको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा महागढीमाई नगरपालिकाको शिक्षा शाखा प्रमुख रामविश्वास चौरसिया,श्री गढीमाई महेन्द्र आधारभूत विद्यालयका प्रमुख धर्मेन्द्र सिंह,विद्यालय व्यवस्थापन समिति अध्यक्ष उपेन्द्र साह गुप्ता,जनशक्ति युवा ब्लबका अध्यक्ष विशाल कुमार लहेरा लगायतका सहभागिता रहेको थियो ।

