Sajhedari Daily
Latest News from Nepal

जीतपुरसिमरा उपमहानगरपालिकाको संक्रमितहरु होम आईसोलेसनमै बस्न बाध्य

Top Aside Banner

रञ्जन यादब/
बारा स्थित जीतपुरसिमरा उपमहानगरपालिकाको सबै संक्रमितहरु होम आईसोलेसनमा बस्न बाध्य भएका छन् । कोरोना संक्रमितहरुको उपचारको लागि उपमहानगरपालिकाको आफनो आईसोलेसन अस्पताल नहुँदा सबै होम आईसोलेसनमै बस्न बाध्य रहेका छन् ।

उपमहानगरपालिकाको संक्रमितहरुमध्ये प्राय. सबै होम आईसोलेसनमै बस्ने गरेको उपमहानगरपालिकाको कोरोना फोकल पर्सन जितन ठाकुरले जानकारी दिनुभयो । पहिला पहिला उपमहानगरपालिकाको संक्रमितहरुलाई कलैया उपमहानगरपालिका स्थित गंगापुरको आईसोलेसनमा पठाउने गरिन्थ्यो ।तर पछि खान ,बस्न र उपचारमा समस्या देख्न थालेको खबर स्वयम संक्रमितहरुबाट आउन थालेपछि पछि पछिका संक्रमितहरु होम आईसोलेसनमै बस्न रुचाएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकामा सोमबार सम्ममा २ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ सय ७४ जना निको भईसकेका छन् भने ९४ जना सक्रिय संक्रमित रहेको उपमहानगरपालिकाको स्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रबि भास्करले जानकारी दिनुभयो ।

कोरोना संक्रमितहरुको उपचारको लागि उपमहानगरपालिकाको आफनो आईसोलेसन अस्पताल नहुँदा सबै होम आईसोलेसनमै बस्न बाध्य रहेका छन् । हालसम्म उपमहानगरपालिकामा मृत्युपश्चात तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आजको मितीसम्म जीतपुरसिमरा उपमहानगरपालिका स्थित सिमरा कोरोना बिशेष अस्थाई अस्पतालमा २ हजार ४ सय ६३ वटा स्वाब सङकलन गरिएको छ । प्रदेश सरकारबाट सिमरामा ४ सय शैयाको आईसोलेसन बनाउने घोषणा गरेपनि ,त्यो घोषणामा सिमित भएको छ ।