पथलैयामा १ लाख २६ हजार बराबरको कपडा बरामद

संदिप प्रसाद यादव
249 पाठक संख्या

कलैया : बारा प्रहरीले पथलैयामा १ लाख २६ हजार बराबरको कपडा बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट खटिएको प्रहरी टोलीले शुक्रबार जिल्लाको जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर २१ अमलेखगंज चोक स्थितमा पथलैयाबाट काठमाण्डौ तर्फ जादै गरेको ग २ ख ५८६ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त कपडा बरामद गरेको हो ।

सो बसमा लोड रहेको लेडिज टप सर्ट र पपकन सर्ट कपडा बिल बिजक भन्दा बढि सामानको स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य रू. १ लाख २६ हजार ५ सय रूपैया बराबरको रहेको बारा प्रहरीले जनाएको छ ।

Leave a review

This will close in 0 seconds