Sajhedari Daily
Latest News from Nepal

संसद बिघटन गरिएको बिरोधमा वीरगञ्जमा वृहत प्रदर्शन

राम मण्डल/
सरकारको सिफारीसमा राष्टपति विद्यादेवी भण्डारीले संसद बिघटन गरिएको बिरोधमा आईतबार पर्सामा पनि बिरोध प्रदर्शन गरिएको छ ।

संसद बिघटनको बिरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नेता कार्यकर्ताहरुले पर्साको सदरमुकाम वीरगञ्जमा बिरोध प्रदर्शन गरेका छन । नारा जुलुस गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति बिधा देबी भण्डारीको बिरोधमा वीरगञ्जमा नारा जुलुस गरिएको थियो । बिरोध प्रदर्शनमा सहभागी भएकाहरुले टायर बाल्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । सोक्रममा केही बेर प्रहरी र प्रदर्शनकारीबीच बिबाद समेत भएको थियो ।

बिरोध प्रदर्शनलाई सम्बोधन गर्दे नेकपा प्रदेश कमिटी सदस्य बालगोपाल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधान मिचेर जनताको अधिकारलाई खोस्ने काम गरेको बताए । उनले नेपालमा पहिलो पटक जनताले आफनो अधिकार प्रयोग गरेर बनाएको संबिधानलाई संसद बिघटनले मिच्ने कार्य गरेको बताए । थापाले अब अझै कडा भन्दा कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।

यस्तै अर्का प्रदेश सदस्य छोटेलाल यादवले गैर संबैधानिक कदमको बिरोधमा आफुहरु आन्दोलनमा उत्रेको जानकारी दिए । यादवले प्रधानमन्त्री केपी ओलीको कदमको घोर भत्र्सना गर्दै कम्युनिष्ट ईतिहासमा संसद बिघटन एउटा घातक कदम भएको बताए । केन्द्रिय सदस्य दिनेश राईले आफनै पार्टीको बैठक चलिरहेकै बेला हतारमा आएर संसद बिघटनको प्रयास प्रधानमन्त्री ओलीले गरेको बताए ।