जीतपुर बजारमा सड्क तथा नालामा लाग्दै आएको पसल हट्यो

रञ्जन यादव
499 पाठक संख्या

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले जीतपुर बजारमा सड्क तथा नालामा लगाउँदैँ आएको पसल हटाएको छ ।

लामो समयदेखि अटेरी गर्दै सड्क तथा नालामाथि ब्यपार गर्दै आएका ब्यवसायीहरुको पसल उपमहानगरपालिकाले हटाएको जनाएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाले ईलाका प्रहरी कार्यालय जीतपुर,सशस्त्र बेस क्याम्प बकुलिया,अस्थाई ट्राफिक कार्यालय जीतपुर र नगर प्रहरीको सहकार्यमा अटेरी गरी बस्ने पसलेको खाँट,ठेला लगायतको सामग्री गाडिमा राखेर उपमहानगरपालिका कार्यालयमा लगेको हो ।

चाडपर्वको मौका छोपेर पसलेहरु सडकमै पसल राख्ने गरेका छन् । गाडि आवतजावतमा समस्या भई सवारी रोकिने भएकाले दुर्घटना निम्तिने सम्भावना रहेको छ । जीतपुर स्थित त्रिभुव राजमार्ग तथा त्यसको नालामा ब्यपारीहरु बर्षौ देखि ब्यपार गर्दै आएका छन् ।

केहि दिन अगाडि फुटपाथ,सड्क र नालामा ब्यपार गर्नेको पसल नगरपालिकाले हटाएपनि चाडपर्बको मौका छोपी ब्यपारिहरु सड्क नै अवरुध हुने गरी ब्यपार गर्दै आएका छन् ।

नगर प्रहरीले जीतपुर बजारभित्र बाटो छेकी सामान बेचिरहेकाहरुको सामान उठाई पसलमा राखिदिएको थियो । अब सड्क वा नालामा सामान राखेको खण्डमा सामान लिएर जाने नगर प्रहरीले चेतावनी समेत दिएको थियो ।

जीतपुर बजार गर्न आएका ब्यपारिहरु उपमहानगरपालिकाको यस्तो क्रियाकलापलाई धन्यबाद दिएका थिए । उनीहरुले उपमहानगरपालिकालाई यसको निरन्तरता दिन अनुरोध गरे ।

Leave a review