अठचालीस जनाद्वारा रक्तदान

साझेदारी दैनिक
300 पाठक संख्या

वीरगञ्ज : वीरगञ्जस्थित घडीअर्वा पोखरी परिसरमा सोमबार रक्तदान कार्यक्रम भएको छ।

सो कार्यक्रममा ४८ जनाले रक्तदान गरेका हुन्। छठ पर्वको उपलक्ष्यमा आयोजित कार्यक्रममा पाँच जना महिलासहित ४८ जनाले रक्तदान गरेका हुन्।

कार्यक्रममा क्लबका अध्यक्ष सन्तोष साह,खुशी मरहठा,लखनलाल गुप्ता,नेहा ठाकुर,अमृता मल्लिक,आनन्द साह,अंगद साह,रोशनसाह कानु,प्रमोद यादव,मनोज कलवार,गायत्री कुमारी, जितेन्द्र सिंह,घनश्याम गुप्ता लगायतले रक्तदान गरेका थिए।

रक्तदान कार्यक्रमको उद्घाटन वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गरेका थिए।

Leave a review

This will close in 0 seconds