हात्तीको आक्रमणबाट मृत्यु

रासस
387 पाठक संख्या

झापा,२ मङ्सिरः हात्तीको आक्रमणमा परी आज बिहान दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको छ ।

जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउ खोज्दा भण्डारी आक्रमणमा परेका हुन् ।

निजको घटनास्थलमा नै मृत्यु भएको हो ।

Leave a review

This will close in 0 seconds