दुई जना फरार प्रतिवादी पक्राउ

साझेदारी दैनिक
289 पाठक संख्या

कलैया : बारा प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ परेकाहरुलाई प्रहरीले बारा जिल्ला अदालत, कलैयामा दाखिला गरेको छ।

प्रहरी कारवाहीको सिलसिलामा प्रहरी टोलीले बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।

अस्थायी प्रहरी पोष्ट बसपार्कले जग्गा खिचलो मुद्दामा एक हजार रुपैयाँ जरिवाना लागेका कलैया उपमहानगरपालिका वडा नम्बर २६ निवासी छट्टु कुमार अहिरलाइ पक्राउ गरेको हो।

प्रहरी चौकी गञ्जभवानिपुरले चेक अनादर मुद्दामा पाँच सय रुपैयाँ जरिवाना सजाय पाएका महागढीमाई नगरपालिका वडा नम्बर ३ निवासी अजयकुमार जयसवाललाई प्रहरीले पक्राउ गरेको हो।

Leave a review

This will close in 0 seconds