रौतहट : ओम प्रकाश यादव/ रौतहटको गढीमाई नगरपालिका –८ मा जसपाको तर्फबाट वडा अध्यक्षका उम्मेदवार सन्देश यादवले आफ्नो जीत सुनिश्चित रहेको दावी गरेका छन्।
मङसिर १६ गते हुने उप निर्वाचनमा वडा अध्यक्षमा आफू बहुमत सहित निर्वाचित हुने सन्देशले ठोकुवा गरेका हुन्।
घरदैलो एवं चुनाव प्रचार प्रसारको क्रममा बुधबार विहान सञ्चारकर्मिसंग संक्षिप्त कुराकानी गर्दै उम्मेदवार यादवले जनता आफ्नो पक्षमा रहेको दावी गरे। यसैले आफू चुनाव जित्नेमा ढुक्क रहेको बताए ।
आम जनताले नै आफूलाई उम्मेदवारी दिन आग्रह गरेको उनले जनाए। वडा अध्यक्षमा आफू आम जनताकै सल्लाहमा उम्मेदवारी दिएकोले आम जनता अत्याधिक बहुमत दिएर आफूलाई विजयी गराउने उनले जनाए।
बहुमत आफूसँग रहेकोले कसैले चाहेर पनि आफूलाई पराजित गर्न नसक्ने उनको दावी थियो। घरदैलोको क्रममा आम मतदाता संग अपार साथ,सहयोग र माया पाइरहेको उनले जनाए।
चुनाव जितेपछि सबभन्दा पहिले आफूले भ्रष्टाचार अन्त्य गर्ने उनले जनाए। जनताको इच्छा आकांक्षा अनुसारको काम गर्न कुनै कसर बाकी नराख्ने उनले प्रतिबद्धता व्यक्त गरे।

