जीतपुर रेडिमेड ब्यवसायी संघमा बिवाद आधिकारीक संघ आफु नेतृत्वको भएको अध्यक्ष अंसारीको भनाई

रञ्जन यादव
301 पाठक संख्या

जीतपु : जीतपुर रेडिमेड ब्यवसायी संघमा बिवाद उत्पन्न भएको छ । अध्यक्षको कार्यशैली प्रति असन्तुष्ट समुहहरुले पहिलाको संघबाट अलग भएर समानान्तर रुपमा आईतबार जीतपुर रेडिमेड ब्यवसायी संघ गठन गरेका छन् ।

जसको अध्यक्षमा संजय श्रेष्ठ चयन भएका थिए । संस्थापनतर्फका जीतपुर रेडिमेड ब्यवसायी संघका अध्यक्ष फैजुल हक अंसारीले आफुहरु नै आधिकारीक रेडिमेड ब्यवसायी संघ भएको दाबी गरेका छन् ।

हरेक महिनाको १ गते बन्द हुँदै आएको रेडिमेड पसल आफुले ब्यवसायीहरुको मर्कालाई मध्यनजर गर्दै खोल्ने निर्णय गरेपछि केहि ब्यसायीहरु असन्तुष्टि ब्यक्त गर्दै अलग्गिएको उनले बताए ।

अध्यक्ष अंसारीले उहाँहरुलाई अध्यक्ष बन्ने नै मन थियो भने अधिवेशन गर्ने समय पनि नजिकिएको थियो । त्यसमा उहाँहरु अध्यक्ष बन्नु हुन्थ्यो ,उनले भने , म अध्यक्षमा उठदिन् भनेकै थिए ।

रेडिमेड पसल खुल्ने निर्णय अग्रज ब्यवसायीहरुको सल्लाहमा नै मैले गरेको अध्यक्ष अंसारीले भने,हरेक समस्याको समाधान बसेर गर्न सकिन्छ । समानान्तर रेडिमेड ब्यवसायी गर्नुपर्ने कुनै आवश्यक्ता थिए उनले दुखेसो गर्दै भने ।

अध्यक्ष फैजुल हक अंसारीले आफुले नेतृृत्व गरेको संघमा ७० वटा रेडिमेड पसलको समर्थन रहेका कारण आफु आधिकारीक भएको तर्क गरे । नयाँ गठित संघमा १०।१५ जना भन्दा बढि रेडिमेड पसल नरहेको कारण त्यो संघ कदापी आधिकारीक हुन नसक्ने अध्यक्ष अंसारीको तर्क थियो ।

Leave a review

This will close in 0 seconds