नक्कली दुई थान हजारको रुपैयाँ सहित माझी नियन्त्रणमा

साझेदारी दैनिक
271 पाठक संख्या

नेपाली एक हजारको दुई थान नक्कली नोट सहित बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन् ।

प्रहरीले बाराको निजगढ नगरपालिका वडा नं.९निजगढस्थित हाटबजारमा नेपाली रू.१,०००।– (एक) हजारको नक्कली नोट दिई सर समानहरू खरिद गरिरहेको अवस्था उनलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढ, बाराबाट खटिएको प्रहरी टोलिले बारा, बारागढी गाउँपालिका वडा नं. २ दौरवा टोल बस्ने ३४ वर्षीय दिपेन्द्र माझी पक्राउ परेका हुन् ।

उनलाई नियन्त्रणमा लिई मुद्रा सम्बन्धी कसुर मुद्दा दर्ता गरी बारा जिल्ला अदालत कलैयाबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको बारा प्रहरीले जनाएको छ ।

Leave a review