कोरोना सङ्क्रमण पुष्टि भएका दुवै व्यक्ति नगराइन नगरपालिका–९को घोडघासका बासिन्दा रहेको प्रदेश नं २को स्वास्थ्य शाखाका निर्देशक हरिशचन्द्र साहले जानकारी गराउनुभयो ।
ती दुईजनाको कन्ट्र्याक ट्रेसिङको कार्यका साथै उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज बिहान जारी विज्ञप्तिका अनुसार रौतहटका १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अब सो जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १३ पुगेको जनाइएको छ । रासस