बारामा ११० मध्ये अहिलेसम्म ३५ उम्मेदवारले मात्र बुझाए निर्वाचन खर्च

संदिप प्रसाद यादव
222 पाठक संख्या

कलैया । बाराका चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका ११० जना उम्मेदवारमध्ये अहिलेसम्म ३५ जनाले मात्र निर्वाचन खर्च विवरण बुझाएका छन्।

जिल्ला निर्वाचन कार्यालय बाराका जिल्ला निर्वाचन अधिकारी नवीन चौधरीका अनुसार निर्वाचन सम्पन्न भएको १० दिन बितिसक्दा पनि अहिलेसम्म ३५ जना उम्मेदवारहरुले मात्रै खर्च विवरण बुझाएका हुन्।

उम्मेदवारहरूले निर्वाचन आयोग तथा जिल्ला निर्वाचन कार्यालयमा विवरण बुझाउने क्रम अझै जारी रहेको उनले बताए। निर्वाचन खर्च बुझाउने ३५ दिनको समयसीमा भए पनि बुझाउने र नबुझाउने उम्मेदवारहरूको हाललाई नाम गोप्य राखिएको निर्वाचन अधिकारी चौधरीले बताए । उनका अनुसार ३५ दिन बितेपछी उम्मेदवारहरुको नाम सार्वजनिक गरिने छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाराका चारै क्षेत्रमा ११० उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए।सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का चारै क्षेत्र मा जित हासिल गरेको हो । जसमा क्षेत्र नं. १ बाट गणेश धिमाल, २ बाट चन्दन कुमार सिंह, ३ बाट अरविन्द साह र ४ बाट रहबर अंसारी निर्वाचित भएका छन्।

Leave a review