लायन्स क्लव अफ काठमाण्डौंद्वारा न्यानो कपडा वितरण

साझेदारी दैनिक
328 पाठक संख्या

रौतहट : लायन्स क्लव अफ काठमाण्डौले रौतहटको चन्द्रपुर नगरपालिकाको बिभिन्न वडाहरुमा न्यानो कपडा तथा सिरक वितरण गरेको छ।

तराई मधेसमा बढ्दो चिसोका कारण गरिव,निमुखालाई समस्या परेको भन्दै लायन्स क्लव अफ काठमाण्डौ समृद्धि र लायन्स क्लव अफ काठमाण्डौ सेन्ट्रलको संयुक्त आयोजनामा न्यानो कपडा वितरण गरिएको हो। चन्द्रपुर नगरपालिकाको ५,७ र ८ मा न्यानो कपडा र सिरक बितरण गरेको लायन्स क्लव अफ काठमाण्डौ समृद्धिका अध्यक्ष अर्जुन लामिछनेले जानकारी दिएका छन्।

लायन्सले आर्थिक अबस्था कमजोर भएका बिपन्न, दलित परिवारलाई लक्षित गरेर चन्द्रपुरको तिनवटा वडाहरुमा समान तवरले २०–२० घरधुरी गरेर ६० परिवारलाई न्यानो कपडा तथा सिरक बितरण गरिएको हो।

लायन्स क्लव अफ काठमाण्डौ समृद्धिका प्रथम अध्यक्ष सुशिल खरेलका अनुसार रौतहटमा मात्र नभई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा रहेका लगभग ४० कैदीहरुको लागि समेत न्यानो कपडा तथा सिरक उपलब्ध गराइएको छ। कैदीलाई त्यस कार्यालयका प्रहरी नायव उपरीक्षक पुस्कर बोगटीलाई हस्तान्तरण गरेको जानकारी दिइएको छ।

Leave a review