नागरिकता सिफारिस गर्न अनलाइन प्रबिधिको पर्सामा ब्यवस्था गरिने

राम मण्डल
348 पाठक संख्या

वीरगन्ज : पर्सामा नागरिकता सिफारिस गर्न अनलाइन प्रबिधिको ब्यवस्था गरिने भएको छ।

यसको लागि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ। अगामी माघ २८ गतेबाट अनलाइन प्रबिधिबाट नागरिकता सिफारिस गर्न/गराउन जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गरी भनेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीद्वारा हस्ताक्षरित सूचनामा जिल्लाभित्रका चौध स्थानीय तहका सबै एक सय १२ वटा वडा कार्यालयहरुमा नयाँ नागरिकता सिफारिस गर्दा अनलाइन प्रबिधिको प्रयोग गर्न भनेको हो।

कार्कीले जारी गरेको सूचनामा नागरिकताको प्रतिलिपि बाहेक नयाँ नागरिकता अनलाइन प्रबिधिबाट सिफारिस गर्ने व्यवस्था मिलाउन जिल्लाका सबै स्थानीय तहका सूचना प्रबिधिअधिकृत र वडा सचिवलाई निर्देशन दिइएको छ।

अनलाइन प्रबिधिबाट नागरिकता सिफारिस ब्यवस्थाको लागि गृह मन्त्रालयद्वारा भर्चुअल माध्यमबाट अनलाइन नागरिकता सिफारिस सम्बन्धी तालिम पर्सामा संचालन गरि सकिएको छ।

Leave a review