वीरगञ्ज भन्सार कार्यालयसंग जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघले जीतपुरमा अन्र्तक्रिया गरेको छ।
वीरगंज भन्सार कार्यालयमा सरुवा भएर आएका प्रमुख भन्सार प्रशासक दिपक लामिछाने र प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकसँग नगर अन्र्तक्रिया गरिएको हो।
भन्सारमा देखिएका समस्या र चुनौतीको बिषयमा अधिकृत द्वयलाई व्यापारीहरुले जानकारी गराएका थिए। प्रमुख भन्सार अधिकृत लामिछानेले आफुहरु सरकारले बनाईदिएको नीति नियम भित्र बसेर काम गर्ने निकाय भएको जनाए।
आफुहरु कानुन पालना गराउन सधै तत्पर रहेको बताए। भन्सार छलि वा राजश्व चुहावटको सामान प्रयोगमा आईरहेको छ भने आफुहरुलाई सूचना दिन उनले अनुरोध गरे।
सूचना दिनेको गोपनीयता कायम राखिने उनले जानकारी दिए। त्यस्तै प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले भन्सार छलिका सामानमा नियन्त्रण गर्न आफुहरु बारा र पर्सा जिल्लाका बिभिन्न ठाउँहरुमा अन्तरक्रियाको माध्यमबाट बस्तुस्थिति बुझने प्रयास गरिरहेको बताए।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले वीरगंज भन्सार कार्यालयमा सरुवा भएर आएका प्रमुख भन्सार प्रशासक लामिछाने र प्रमुख भन्सार अधिकृत पाठकलाई कार्यालमा स्वागत गरी मायाको चिनो प्रदान गरेका थिए।
अन्तरक्रिया कार्यक्रममा नगर उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष संजयकुमार साह,महासचिव प्रकाश गिरी,कोषाध्यक्ष रामबाबु कलवार,सञ्चार उद्यमी राजुराज गिरी,बरिष्ठ ब्यवसायी मुकुन्दबहादुर क्षेत्री,ब्यवसायी रिता कडेँल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन माहासचिव गिरीले गरेका हुन्।


