कलैया :नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सूरलाई भातृ शोक परेको छ ।
पुर्वमन्त्री समेत रहेका मन्सुरका जेठो दाई एवम उनका प्रथम राजनितीक गुरु,नेपाली काङ्ग्रेसका एक योद्धा समेत रहेका नजिबुल्लाह मिया मन्सूरको ८८ बर्ष को उमेरमा निधन भएको छ ।
कलैया स्थित नेरामाबि (मदर्शा)कलैयाका पुर्व अध्यक्ष समेत रहेका स्वर्गीय मन्सुरनेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल तरुण दल बाराको २०१७ सालमा उनी सचिव भएका थिए।
उनको पार्थिव शरिरमा आईतवार पार्टीको झण्डा ओढाएर सहमहामन्त्री उनका भाइ फरमुल्लाह मन्सूर सहित कांग्रेसका नेताहरुले सम्मान सहित अन्तिम बिदाई गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।
२०१५ सालदेखी नेपाली कांग्रेसमा आवद्ध भएर पार्टीमा अनवरत काम गरेका स्वर्गिय मन्सुर २०१६ सालमा पार्टीको केन्द्रिय सदस्य समेत बनेका थिए ।

