प्रहरीद्वारा प्रतिबन्धित गाँजा खेती फडानी

साझेदारी दैनिक
256 पाठक संख्या

वीरगन्ज : पर्सा प्रहरीले पर्साको पटेर्वासुगौली गाउँपालिकामा लगाइएको प्रतिबन्धित लागु औषध गाँजा खेती नष्ट गरेको छ।

जिल्लाको पटेर्वा सुगौली गाउँपालिकाको वडा नम्बर २ र ४ बेलवा,भतोरा भन्ने स्थानमा अन्दाजी ७ कठ्ठा जग्गामा अवैध रुपमा एलानी जग्गामा लगाएको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा ९ जनाको टोली खटिएको थियोे।उक्त टोलीले एक हजार चार सय बोट गाँजा फडानी गरी सोहि स्थानमा नष्ट गरेको पर्सा प्रहरीले जानकारी गराएको हो ।

Leave a review