अन्तर विद्यालय फुटबल प्रतियोगितामा आयोजक टिम नै विजेता

रञ्जन यादव
210 पाठक संख्या

जीतपुर :८ औँ लोटस आधारभूत अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि आयोजक स्वयम लोटस एकाडेमी सिमराले नै जितेको छ ।

आफ्नै खेलमैदानमा विहीबार सम्पन्न फाइनल खेलमा होली गार्डेन पथलैयालाई ० का विरुद्ध १ गोलले ले पराजित गर्दै आयोजक लोटसले नै उपाधि हात पारेको हो ।

फाइनल खेल अत्यन्त रोमाञ्चक र प्रतिस्पर्धात्मक रहेको थियो। खेलको निर्णायक गोल लोटसका खेलाडी गौरव थारुले मध्यान्तरपछि इन्जुरी समयमा गरेका थिए ।

खेलपछि आयोजित समापन समारोहमा जितपुरसिमरा उपमहानगरपालिकाका युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख हरिस प्रसाद भट्टले विजेता लोटस एकाडेमीका खेलाडीलाई ट्रफी, मेडल, र प्रमाणपत्र वितरण गरेका थिए ।

उपविजेता होली गार्डेनका खेलाडीलाई लोटस एकाडेमीका प्रिन्सिपल रामप्रसाद अधिकारीले पुरस्कार प्रदान हस्तान्तरण गरेका थिए ।

प्रतियोगितामा विभिन्न व्यक्तिगत विधामा पनि उत्कृष्ट खेलाडीहरूलाई सम्मान गरिएको थियो। प्ले अफ द म्याच लोटसका गौरव थारु,हाइस्कोरर होली गार्डेनका नमन गुरुङ,उत्कृष्ट गोलकिपर लोटसका सिद्धार्थ मिश्र,र प्लेयर अफ द टुर्नामेन्ट लोटसका समर थापा घोषित भए ।

समारोहमा लोटसका सहायक प्रिन्सिपल चन्द्रबहादुर लिम्बु,होली गार्डेनका प्रिन्सिपल भुवन राई र पत्रकार विदुर खड्काले उत्कृष्ट खेलाडीहरूलाई ट्रफी प्रदान गरे।

प्रतियोगिता गत माघ ६ गतेदेखि सञ्चालन भएको थियो । प्रतियोगिताको समापन समारोहको सञ्चालन लोटसका शिक्षक रामप्रसाद पोखरेलले गरेका थिए।

Leave a review

This will close in 0 seconds