नव जन जागृति यूवा क्लबको कार्य समितिले गरे पदभार ग्रहण

साझेदारी दैनिक
261 पाठक संख्या

सिमरा : नव जन जागृति यूवा क्लब सिमराका निर्वाचित कार्य समितिको सपथ तथा पदभार ग्रहण भएको छ।

निर्वाचन समितिका संयोजक सुमनकुमार भट्टराईले नव–निर्वाचित अध्यक्ष रामचन्द्र लामा सहितका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई पद तथा गोपनीयताको शुक्रबार सिमरामा एक कार्यक्रमवीच सपथ गराएका हुन्।

गत पौष २९ गते सम्पन्न क्लबको छैठौं अधिवेशनले लामाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको थियो।सिमरा रङ्गशालामा निर्माणाधिन एकेडेमी भवनको सभाहलमा पदभार ग्रहण गराईएको निर्वाचन समितिका संयोजक भट्टराईले जानकारी दिए।

नवगठीत कार्यसमितीको प्रथम उपाध्यक्ष शंकर थापा,द्वितीय उपाध्यक्ष राजदास श्रेष्ठ,महासचिव शम्भुसिंह ठकुरी,सचिव श्याम सुवेदी,कोषाध्यक्ष शालीकराम अधिकारी लगायतकाले पदभार ग्रहण गरेका हुन्।

कार्य समितिका सदस्यहरु सुधिरजङ्ग राणा,शरदचन्द्र भट्टराई,नवराजन्यौपाने,इश्वर थपलीया,सन्तोष दाहाल,निराजनथापा,मनोज राई,विक्रमश्रेष्ठ,दिपक भट्टराई,रिता कँडेल र शेखर लामा ले पदभार ग्रहण गरेका हुन्।

Leave a review

This will close in 0 seconds