क्याम्पसको बिकास तथा समृद्धीका योजनालाई बहुबर्षिय योजनामा राख्छु् – मन्त्री यादव

साझेदारी दैनिक
269 पाठक संख्या

कलैया :राजेश कुशवाहा / मधेश प्रदेशका अर्थ मन्त्री जितेन्द्र यादव सुनिलले रामराजा (मो.वि. शाह ) बहुमुखी क्याम्पसको बिकास तथा समृद्धीका योजनालाई बहुबर्षिय योजनामा राखिने बताएका छन ।

बाराको कलैया स्थित रामराजा (मो.वि. शाह ) बहुमुखी क्याम्पसको ४३ औ बार्षिकोत्सव तथा १७ औ क्याम्पस सभाको उदघाटन सत्रलाई प्रमुख आतिथ्य बाट सम्बोधन गर्दे मन्त्री यादवले यस्तो बताएका हुन ।

उनले मधेश प्रदेश शिक्षामा पछाडी परेको समेत बताए ।उनले प्रदेशमा प्राबिधीक शिक्षाको लागि काम गरिने समेत जानकारी दिए ।

उक्त कार्यक्रममा बोल्दै कलैया उपमहानगरपालिका नगरप्रमुख बिनोद साहले रामराजा क्याम्पसमा प्राबिधिक शिक्षाको लागि पचास लाख रुपैया बजेट बिनीयोजन गरिने समेत जानकारी दिए ।

उनले क्याम्पसमा छात्राबास निर्माण गर्नका लागि भारतिय महाबाणिज्य दुताबास संग पहल गरीरहेको बताए ।

उक्त अवसरमा प्रदेश सभा सदस्य लक्ष्मी ठाकुर,निवर्तमान प्रदेश सभा सदस्य पारस साह,नेकपा एमाले बाराका अध्यक्ष अदयानन्द पाण्डेय,नेपाली काग्रेस बाराका उपाध्यक्ष मनोज भटृ,नेकपा समाजवादी पार्टी बाराका अरुण खनाल,जनमत पार्टीका शिवनाथ पटेल, जसपाका मुर्तुजा अंसारी,बिबेकशिल साझा पार्टीका डा. शुशिल साह,क्याम्पस सञ्चालन समितिका निवर्तमान अध्यक्ष प्रभु पटेल,क्याम्पस प्रमुख निमेश तिम्लसिना,जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खडका लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए ।

रामराजा (मो.वि. शाह )बहुमुखी क्याम्पस सञ्चालन समितिका अध्यक्ष जंगबहादुर चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन प्राध्यापक अमित मिश्रा एवम् सञ्चालन समितिका उपाध्यक्ष एम. समिउल्लाहको रहेको थियो ।

Leave a review