तीन महिनामा पर्सामा छ जनाद्वारा नागरिकता त्याग,दुई हजार नौ सयलाई नयाँ नागरिकता

राम मण्डल
286 पाठक संख्या

वीरगञ्ज : चालू आर्थिक बर्षको बितेको तीन महिनामा दुई हजार नौ सय जनाले जिल्ला प्रशासन कार्यालय पर्साबाट नयाँ नेपाली नागरिकता लिएका छन्।

जिल्ला प्रशासनको तथ्यांक अनुसार कार्तिकमा आठ सय ९१ ज्नाले नयाँ नागरिकता लिएका हुन्। मङ्सिरमा नौ सय ५६ र पुस महिनामा एक हजार ५३ जनाले नयाँ नागरिकता लिएका छन् ।

बितेको आव २०८०÷८१ को यहि अवधीमा भने तीन हजार पाँच सय १६ जनाले नयाँ नेपाली नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। यस्तै चालू आवको बितेको तीन महिनामा दुई हजार ७९ जनाले नागरिकताको प्रतिलिपी जिल्ला प्रशासन बाट लिएका छन ।

बितेको कार्तिक महिनामा ६ सय ८५ जनाले नयाँ नागरिकता लिएका थिए। मङ्सिरमा ६ सय ८७ र पुस महिनामा सात सय ६७ जनाले नागरिकताको प्रतिलिपी लिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

बितेको तीन महिनामा ६ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् ।जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आवको बितेको कार्तिक,मङ्सिर र पुस महिनामा ६ जनाले नेपाली नागरिकता परित्याग गरेका हुन् ।

कार्तिक,मङ्सिर र पुसमा दुई÷दुई जना गरि ६ जनाले नागरिकता परित्याग गरेका हुन ।बितेको आर्थिक बर्ष २०८०/८१ मा पनि यहि अवधिमा पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका थिए।यस्तै चालू आर्थिक बर्षको ६ महिनामा भने कुल १२ जनाले पर्साबाट लिएको नेपाली नागरिकता परित्याग गरेको जिल्ला प्रशासनको तथ्यांकमा जनाइएको छ ।

चालु आवको साउन महिनामा चारजना,भदौ र असोजमा एक÷एक जनाले नागरिकता परित्याग गरिसकेका छन। बिदेशमा गएर त्यहीको नागरिकता लिने र त्यही बस्ने भएपछि नेपालीहरुले नागरिकता त्याग गर्ने गरेका छन्। नयाँ सुबिधा सम्पन्न भवनमा जिल्ला प्रशासन कार्यालय पर्सा सरेपछि सेवा प्रबाहमा सहजता भएको छ।

Leave a review

This will close in 0 seconds