सिमरा : बाराको जीतपुरसिमरा १७ रामनगरमा जारी प्रथम रामनगर सोनाम ल्होछार महोत्सव आईतवारदेखी समापन भएको छ ।
“राष्ट्रको शान,धर्म र संस्कृति हाम्रो पहिचान“ भन्ने मुख्य नाराका आयोजन भईरहेको रामनगर महोत्सवमा आईतबार साझ लोकप्रिय गायक दुर्गेश थापाको बेजोड प्रस्तुति सहित महोत्सव समान गरिएको हो ।
महोत्सव स्थानीय नेपाल तामाङ् घेदुङ वडा कार्यसमितिका अध्यक्ष जीतबहादुर स्याङतानको अध्यक्षतामा भएको समापन समारोहमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ का वडाअध्यक्ष भिम बहादुर गंतानले सम्बोधन गर्दै महोत्सव सफल बनाउ सहयोग गर्नुहुने सवैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।
रामनगर युथ क्लब लगायतको संयुक्त आयोजनामा भएको महोत्सवको व्यवस्थापन लालिगुराँस कृयशन मिडिया प्रालि,मिडिया पार्टनरमा साझेदारी राष्ट्रिय दैनिक,महोत्सवको संरक्षका जीतपुरसिमरा उपमहानगरपालिका र वडा नम्बर १७ को वडा कार्यालय रहेका थिए ।
महोत्सवमा व्यापारिक स्टलहरु, होटल तथा खानाका परिकारहरु राखिएका छन । यसैगरी मनोरन्जनका लागि खेलतमासा, बाल उद्यान समेतको व्यवस्था गरिएको आयोजकले जनाएको छ

