प्रेस सेन्टर बाराका निर्वाचित पदाधिकारीहरुलाई सम्मान

साझेदारी दैनिक
160 पाठक संख्या

कलैया : नेपाल कम्युनिष्ट पार्टी ( माओबादी केन्द्र) कलैया उपमहानगर कमिटीले पत्रकारहरुलाई सम्मान गरेको छ ।

पुस २९ गते सिमरामा सम्पन्न प्रेस सेन्टर नेपालको पाँचौ अधिवेशन बाट रन्जन यादवको अध्यक्षतामा निर्वाचित कार्यसमितिलाई सम्मान गरिएको छ ।

त्यस्तै नेपाल पत्रकार महासंघको चुनावमा प्रेस सेन्टर बाट निर्वाचित हुनुभएको दिपक गौतम प्रदेश पार्षद गम्भिरा सहनी,नेपाल पत्रकार महासंघ बारा शाखाको कोषाध्यक्ष रन्जन यादवलाई समेत सम्मान गरिएको प्रेस सेन्टर नेपाल बाराका सचिव अखिलेश यादवले बताए ।

प्रेस सेन्टर नेपाल बारा शाखाको पाँचौ अधिवेशन बाट निर्वाचित सेन्टरका कार्यसमिति सदस्यहरुलाई नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कलैया उपमहानगर कमिटीले बुधवार बारा उधोग बाणिज्य संघको सभाहल कलैयामा सम्मान गरेको हो ।

नेकपा माओवादी केन्द्र कलैया उपमहानगर कमिटिको अध्यक्ष मुकेश साहको अध्यक्षतामा सम्पन्न भएको सम्मान कार्यक्रममा नेकपा माओवादीका केन्द्रिय समिति सल्लाहकार सदस्य गौरीशंकर गोढको प्रमुख अतिथ्यता रहेको थियो ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोढले प्रेस सेन्टरलाई अझै क्रान्तिकारी पत्रकार संस्थाका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सम्मान गर्ने संस्कार सुरुवात गरेकोमा नेकपा माओवादीका कलैया उपमहानगर कमिटीलाई धन्यवाद दिनुभयो ।

उहाँले समुन्नत राष्ट्र निर्माणमा पत्रकारको भूमिका अहम् रहने गरेको औंल्याउनु भयो ।प्रेस सेन्टरका अग्रज पत्रकार रमेश साहले पत्रकारले समाजलाई अग्रगामी दिशातर्फ लैजान भूमिका निर्वाह गर्नुपर्ने भन्दै मिसन पत्रकारितामा जोड दिनुभयो।

प्रेस सेन्टर नेपाल पनि अरु संगठनको तुलनामा कम नरहेकोले प्रेस सेन्टरलाई बाईपास गरेर जाने नेपाल पत्रकार महासंघ बारा शाखाको निर्णय कदापि सेन्टरले स्वीकार नगर्ने बताउनुभयो ।

सम्मान कार्यक्रमा बोल्दै नेकपा माओवादी केन्द्रका कलैया उपमहानगर कमिटि अध्यक्ष मुकेश साहले जनवर्गीय संगठनहरुमा प्रेस सेन्टरको भूमिका महत्वपूर्ण रहेको बताउँदै आगामी निर्वाचनमा क्रान्तिकारी मुद्धा र क्रान्तिकारी नेतृत्वलाई जनतामाझ स्थापित गर्ने कुरामा सेन्टरको भूमिका उल्लेखनीय हुने बताउनुभयो ।

प्रेस सेन्टर नेपाल बारा शाखालाई बलियो संगठन बनाउनको लागि नेकपा माओवादी केन्द्र कलैया उपमहानगर कमिटि सधै सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।जिल्लामै पहिलो पटक प्रेस सेन्टर नेपाललाई कलैया उपमहानगर कमिटीले सम्मान गर्न पाउदा गौरवान्वित महसुस भएको समेत उनले बताए ।

Leave a review