शुभारम्भ कलेजद्वारा एम.बि.ए अभिमुखिकरण तथा सम्मान कार्यक्रम

रञ्जन यादव
221 पाठक संख्या

जीतपुर : बाराको सिमराको शुभारम्भ कलेजले एम.बि.ए अभिमुखिकरण तथा सम्मान कार्यक्रम होटल इच्छामा सम्पन्न गरेको छ ।

कार्यक्रमको विशेष अंशका रूपमा यस वर्ष बि.बि.एस.उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। सम्मानित विद्यार्थीहरूले आफ्नो अनुभव साझा गर्दै कलेजप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. अमर प्रसाद यादव ले राजर्षि जनक विश्वविद्यालय संघीय विश्वविद्यालय भएकाले यसको एम.बि.ए. पाठ्यक्रम अन्य विश्वविद्यालयको तुलनामा उत्कृष्ट रहेको बताउँदै विद्यार्थीहरूलाई निसंकोच भर्ना भएर अध्ययन गर्न सुझाव दिए ।

त्यस्तै विशिष्ट अतिथि मधेश बिश्वबिद्यालयका प्रा.डा. दीपक बहादुर शाक्य तथा राजर्षि जनक विश्वविद्यालयका प्रमुख प्रशासकिय अधिकृत सत्यनारायण प्रसाद साहले बारा जिल्लामै पहिलो पटक शुभारम्भ कलेजले एम.बि.ए. कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्दै यसले एम.बि.ए.अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि उत्कृष्ट अवसर प्रदान गरेको बताए ।

कार्यक्रमका सभाध्यक्ष डा. राहुल झा रहेका थिए भने सञ्चालन रुवन बहादुर थापा ले गरेका थिए । कलेजका प्रमुख शम्भु मण्डलले कलेजको भाबी योजनासहित कार्यक्रमको बारेमा जानकारी गराए । सिमरालाई शैक्षिक हब बनाउन शुभारम्भ कलेजको महत्वपूर्ण योगदान रहेको जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा ले बताए ।

कार्यक्रमको स्वागत मन्तव्य कलेजका सञ्चालक अनिल प्रसाद चौधरी ले व्यक्त गरेका थिए । कार्यक्रममा समाजसेवी कृष्णव्रत सिंह,डुमरवाना कलेज प्रमुख,गौरिशंकर कलेज प्रमुख,विभिन्न विद्यालयका प्रधानाध्यापक,बैंकका प्रबन्धक,नेपोभिट टायल्सका एच.आर.म्यानेजर मधुकर ठाकुर,कलेजका विद्यार्थी तथा अन्य संघ–संस्थाका प्रतिनिधिहरू पनि कार्यक्रममा उपस्थित थिए।

Leave a review