नगर प्रमुख रामप्रसाद चौधरीद्वारा चार कोठे विद्यालय भवनको शिलान्यास

साझेदारी दैनिक
374 पाठक संख्या

कोल्हवी :धीरेन्द्र पनुहर / कोल्हवीमा चार कोठे विद्यालय भवनको कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले एक कार्यक्रमवीच शिलान्यास गरेका छन्।

बाराको कोल्हबी नगरपालिका वडा नम्बर १० बरेवामा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको चार कोठे भवनको शिलान्यास शुक्रबार एक कार्यक्रम बिच गरेका हुन्।

चार कोठे भवन शौचालय सहित ५६ लाख ९० हजार सात सय ९४ रुपैयाँको लागतमा बन्ने भएको हो । सो भवनको भ्याट सहित जानकी कन्स्ट्रक्सन एन्ड श्री राम जानकी सप्लायर्सले निर्माणको ठेक्का सकार गरेको छ।

नयाँ भवन निर्माण भए पश्चात् बिद्यार्थीहरुको पठन पाठनमा सहयोग पुग्ने प्रधानाध्यापक बिगुराम हरिजनले जानकारी दिए। उक्त शिलान्यास कार्यक्रममा कोल्हवी नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष कुन्जबिहारी चौधरी,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देविचन्द चौधरी,शिक्षा शाखा प्रमुख मिस्रीलाल साह,गणेश चौधरी,नेपाली कांग्रेस वडा न १० का सभापति सुरेशबाबु चौधरी,समाजसेवी रामबाबु चौधरी,शिवशंकर चौधरी,विद्यालयका प्रधानाध्यापक बिगुराम हरिजन,विद्यालयका शिक्षक शिक्षिका र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो।

Leave a review