भन्सार छलीका माल सामान बरामद

साझेदारी दैनिक
480 पाठक संख्या

कलैया : प्रहरीले बाराको देवताल गाउँपालिका वडा नम्बर २ गम्हरियाबाट मंगलबार भन्सार छलीका माल सामान बरामद गरेको छ।

प्रहरी चौकी दक्षिण झिटकैयाबाट खटिृएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याउदै गरेको मुल्य रु.पैसठ्ठी हजार दुई सय पचाँस रुपैया बराबरको माल सथमान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

बरामद गरिएको माल सथमानमा लेडिज चप्पल–५० पिस रु.२५ हजार,जेन्स चप्पल–५१ पिस रु.२५ हजार ५ सय,१ बोरा पिचकारी रु.५ हजार,अबिर १ बोरा रु.४ हजार ५ सय ,१ बोरा नाकाब पिचकारी रु.५ हजार २ सय ५० बराबरको रहेको छ।

प्रहरीको गस्ती टोलीलाई देखेर उक्त माल सामान ल्याउने मानिस माल सामान फाली फरार भएका थिए।

Leave a review

This will close in 0 seconds