सक्रिय सहकारी संस्थाको १३ औँ बार्षिक सधारण सभा सम्पन्न,२२ लाख ६५ हजार नाफा आर्जन

साझेदारी दैनिक
साझेदारी दैनिक 539 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
जीतपुरसिमरा उपमहानगरपालिकाको जितपुर सामुदायिक सक्रिय बचत तथा ऋण सहकारी संस्थाको १३ औँ बार्षिक सधारण सभा सम्पन्न भएको छ । सधारण सभाको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ का वडा अध्यक्ष रामबाबु गुप्ताले गर्नुभएको छ ।

वडा अध्यक्ष गुप्ताले १३ वटा मैनबत्ती बालि उद्घाटन गर्नुभएको हो ।आर्थिक बर्ष २०७६।०७७ मा संस्थाले १ हजार ३ सय ४७ सय शेयर सदस्यहरुबीच करिब ५ करोड रुपैयाको कारोबार गरेको छ । संस्थाको कुल पुँजी ७९ लाख २५ हजार ४ सय रहेको छ भने निक्षेप बचत ३ करोड ३५ लाख ९७ हजार ६ सय ३८ रुपैया रहेको छ ।

सहकारीले गत आर्थिक बर्षमा २२ लाख ६५ हजार १ सय ८५ रुपैया नाफा आर्जन गरेको संस्थाका ब्यवस्थापक शम्भु रामले जानकारी दिनुभयो ।सधारणसभामा संस्थाका अध्यक्ष दुर्गा रिजालले सहकारीको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले सहकारीको बिगतको कार्यको समिक्षा गर्दै र भाबी रणनितीको बिषयमा जानकारी दिनुभयो ।

शेयर सदस्यहरुलाई संस्थाले १३ प्रतिशत लाभाँस बितरण गर्ने अध्यक्ष रिजालले बताउँनुभयो । संस्थाले शेयर सदस्यहरुको माग अनुसार चालु आर्थिक बर्ष देखि ऋणको दायरा ५ लाखबाट बढाएर ७ लाख पुरयाएकोे छ । जितपुर सामुदायिक साकोसका अध्यक्ष दुर्गा रिजालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मनत्बय संस्थाको लेखा संयोजक साबित्रि पिप्लेले राख्नुभएको थियो ।

बार्षिक सधारण सभामा संस्थाका कोषाध्यक्ष रञ्जन यादबले सहकारीको बर्षभरिको आर्थिक क्रियाकलाबको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।संस्थाको आर्थिक पक्षको सबल र दुर्बल पक्षको चर्चा गर्दै कारोबार बढाउने बिभिन्न आयामको बिषयमा सहभागिहरुलाईजानकारी दिनुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैँक सिमरा शाखाका प्रमुख सुरेश लागेले एउटा ब्यक्ति एक भन्दा बढी सहकारीको सदस्य हुन नपाउने बताएका छन् ।सहकारीले राज्यले तोकेको ऐन कानुनभित्र रहेर ऋण लिने र दिने गर्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रमको सहजीकरण ब्यवस्थापक शम्भु रामले गर्नुभएको थियो ।

समाचार शेयर गर्नुहोस
Leave a review