बारा -१ मा रास्वपाका गणेश धिमाल निर्वाचित

संदिप प्रसाद यादव
266 पाठक संख्या

कलैया । बारा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमाल निर्वाचित भएका छन्।

उनले आफ्ना निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शम्भु बहादुर बुढाथोकीलाई पछि पार्दै ३९ हजार ९९८ मतसहित निर्वाचित भएका हुन् ।

कांग्रेसका बुढाथोकीले १४ हजार २२३ मत प्राप्त गरेका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार अच्युत मैनालीले ११ हजार ६४५ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Leave a review