गरुडा : करण कुमार मिश्र/ रौतहटको गरुडा नगरपालिका –६ पोठियाहीस्थित प्राथमिक विद्यालयको नवनिर्मित भवनको सोमबार उद्घाटन गरिएको छ ।
नवनिर्मित विद्यालय भवनको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवाल र नगर उप–प्रमुख पुनम कुमारी चौधरीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत २२ लाख तथा नगरस्तरीय १० लाखको लागतमा सम्पन्न दुई कोठे नवनिर्मित भवन निर्माण भएको हो ।
सो अवसरमा बोल्दै नगर प्रमुख जयसवालले नगरलाई शैक्षिक हबका रुपमा विस्तार गर्ने लक्ष्य बमोजिम नै आफू लागि परेको बताए । उनले नवनिर्मित कक्षाकोठा र हस्तान्तरण गरिएका शैक्षिक सामग्रीले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन ।
यसैगरी सोही अवसरमा नगर प्रमुख जयसवालले विद्यार्थीहरुको शैक्षिक वातावरणलाई अझ सहज बनाउन ५० इन्चको एलईडी,इनभर्टर,पुस्तकालयका लागि दराज,टेबल,ह्वाइट बोर्ड,सूचना बोर्ड,बेन्च लगायतका सामग्रीहरू विद्यालयलाई प्रदान गर्नुको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नागेन्द्र पान्डेको अध्यक्षता सम्पन्न नवनिर्मित विद्यालय भवनको उद्घाटन समारोहमा नगर उपप्रमुख पुनम चौधरी,वडा अध्यक्ष रामबाबु चौधरी,छोटेलाल चौधरी,नन्दलाल राय यादव,सिकिन्द्र चौधरी,विद्यालय प्रअ लगायत स्थानीय बुद्धिजीवी,भरभलादमी लगायतको उपस्थिति रहेकोे थियो ।

