कलैया :बारामा माध्यमिक शिक्षा परीक्षा(एसइई)अन्र्तगत बुधबार पाँचौ दिनको सामाजिक विषयको परीक्षा शान्तिपूर्ण एवम् मर्यादित रुपमा सम्पन्न भएको छ ।
परीक्षामा आठ हजार छ सय २१ जना परिक्षार्थी सहभागि भएको शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख निमप्रकाश सिंह राठौरले जानकारी दिएका छन्।
जसमा छात्रा ४ हजार ३ सय २१ जना र छात्र ४ हजार ३ सय रहेका छन।सामाजिक बिषयको परीक्षामा १ हजार ६५ जना परिक्षार्थी अनुपस्थित रहेको उनले बताए।
जसमा छात्रा ४ सय ८४ र छात्र ५ सय ८१ जना अनुपस्थित रहेको उनले बताए। परीक्षालाई ब्यवस्थित,मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग पु-याउने केन्द्राध्यक्ष,सहायक केन्द्राध्यक्ष, निरिक्षक,अनुगमनकर्ता,सुरक्षाकर्मी,नागरिक समाज,पत्रकार लगायतका सम्पूर्ण सरोकारवालाहरुलाई धन्यबाद ज्ञापन गरेको छ ।


