Sajhedari Daily
Latest News from Nepal

दशैँको पुर्बसंध्यामा नगर उद्योग बाणिज्य संघद्धारा जीतपुरमा सरसफाई

Top Aside Banner

रञ्जन यादब/
बाराको जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघले दशैँको पुर्वसंध्यामा जीतपुरमा सरसफाई गरेको छ । नेपालीहरुको महान चार्ड दशैँलाई मध्यनजर गर्दै सुरु हुन लागेको सुपथ मुल्यको पसल स्थलमा नगर उद्योग बाणिज्य संघले सरसफाई गरेको छ । कार्तिक १ गते घट्स्थापना दिनबाट सुरु हुन लागेको सुपथ मुल्यको तयारी स्वरुप सरसफाई गरिएको नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय साहले जानकारी दिएका छन। सुपथ मुल्यको पसल सफल पार्न नगर उद्योग बाणिज्य संघले संघका कोषाध्यक्ष अमर यादबको संयोजकत्वमा बिभिन्न समितिहरु गठन गरेको छ ।

दशैँको समयमा बजार भाउ भन्दा सस्तो मुल्यमा सर्बसाधरणलाई सामग्री उपलब्ध गराउन घरेलु तथा साना उद्योग कार्यालय कलैयाको सहकार्यमा कार्तिक १ गतेबाट जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले बिजनेस प्रोमोसन फियर २०२० गर्न लागेको नगर उद्योग बाणिज्य संघका महासचिव शिवजी साह सोनारले जानकारी गराए ।

संघले स्थापना गर्ने सुपथ मुल्यको पसलमा खास गरी खाद्यान्न समाग्रीका साथै स्थानिय स्तरमा उत्पादित लता कपडाका साथै विभिन्न प्रकारका स्टलहरु समावेस हुने संघका निबर्तमान अध्यक्ष घनश्याम गिरीले जानकारी दिए । कार्तिक १ गतेबाट शुरु हुन लागेको सस्तो मुल्यको पसल कार्तिक ५ गतेसम्म संचालन हुने छ ।

आवश्यक्ता अनुसार सुपथ मुल्यको पसलको समय अवधि थप गर्न सकिने नगर उद्योग बाणिज्य संघले जनाएको छ । अहिले पनि कोरोनाको संक्रमण यथावत रहेकाले सुरक्षाको उपायहरु अबलम्बन गर्दै सुरक्षित तरिकाले आफुहरु सुपथ मुल्यको मुल्य पसल सञ्चालन गर्न लागेको रेडिमेड ब्यवसायी संघ ,जीतपुरका अध्यक्ष प्रकाश गिरी बताउछन ।

संक्रमणलाई विशेष ध्यानमा राखेर मास्क लगाएर आउने ग्राहकलाई मात्र सुपथ मुल्य भएको पसल क्षेत्रमा प्रबेश गराईने जनाईएको छ । सरसफाई कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष मोहन शर्मा लामिछाने, जीतपुरसिमरा उपमहानगरपालिकाको योजना शाखाका अधिकृत रमेश सुबेदी, ब्यवसायी रामबाबु कलवार, सशस्त्र प्रहरी निरिक्षक प्रकाश कार्की, समाजसेवी छबिलाल शर्मा लगायतको सहभागिता रहेको थियो ।