वीरगञ्ज कपडा बैंकद्वारा नयाँ वर्षको अवसरमा निःशुल्क कपडा वितरण एवं शुभकामना आदानप्रदान

साझेदारी दैनिक
476 पाठक संख्या

वीरगञ्ज :नयाँ बर्ष २०८२ को अवसरमा वीरगञ्ज कपडा बैंकले वीरगञ्जको घण्टाघरमा शुक्रबार निःशुल्क कपड़ा वितरण गरेको छ।

उसले शुभकामना आदानप्रदान कार्यक्रम समेत गरेको छ। प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगञ्ज –८ बाट गरीब असहायलाई निशुल्क कपड़ा वितरण गर्दै आएको छ।

वीरगञ्जको घण्टाघरमा नया पुराना गरि करिब ६५० थान कपड़ा वितरण गरिएको बैंकका सचिव कन्हैया पटेलले जानकारी दिए। वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा सो कार्यक्रम भएको हो।

बैंकका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मिको प्रमुख आतिथ्यतामा कपडा वितरण गरिएको हो।

उक्त अवसरमा अधिवक्ता पन्नालाल गुप्ता,अधिवक्ता प्रकाश उपाध्याय, समाजसेवीहरु ई वीरेन्द्र साह,सतिश सिंह राजपुत,हुकुम सिंह राजपुत,युवा अभियन्ताहरु केदार गुप्ता,सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण रायमाझी,राजनाथ मिश्र,संस्थाका उपाध्यक्ष मोनिका सिंह,कोषाध्यक्ष मनोज मिश्रा,सदस्यहरु निला राम,संजय मंडल,जानकी देवि,नवराज भट्टराई,राहुल सिंह राजपुत लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा प्रमुख अतिथि अधिवक्ता कुर्मिले दिन दुखी असहाय को सेवा सहयोग गर्ने उद्देश्य बोकि यो संस्था कृयाशिल रहेको छ। “ जो संग धेरै कपडा छ हामिलाइ दिएर जानुस र नहुने वा आवश्यकता हुनेले हामी संग निशुल्क लिएर जानुस“ को मूल मन्त्रलाई आत्मसात गरेर बिगत ६ बर्ष देखि प्रत्येक दिन कार्यालयबाट र प्रत्येक महिना घण्टाघर लगायत विभिन्न स्थानहरुबाट कपडा वितरण गरिदै आएको कुर्मीले बताए।

आगलागी बाढी जस्ता बिपत्तिमा पीडितहरु लाई उनीहरुकै घर आगनमै पुगेर लत्ताकपडाको साथै अन्य सहयोग पु-याएर सेवा गर्दै आइरहेको उनले जनाए। आ–आफ्नो आम्दानीको ५ देखि १०% रकम सामाजिक सेवामा दिन दुखी असहायको सेवा सहयोगमा खर्चिनु पर्ने बानी बसाल्न आग्रह उनले गरे।

बैंकको राम्रो कार्यलाइ सहयोग गर्ने सम्पूर्ण दाताहरु,सुभेच्छुकहरु,सन्चारकर्मिहरु,संस्थाका सल्लाहकारहरु,पदाधिकारी सदस्यहरुलाई उनले आभार प्रकट गरे। उनले शुभकामना समेत व्यक्त गरे।

सो अवसरमा सल्लाहकारद्वय गुप्ता र उपाध्यायले दिनदुखी असहाय कोहि पनि नाङ्गो नरहोस भने। चाडपर्वको बेला नयाँ किन्न नसकेपनी नयाँ खालकै कपडा सहयोग गरि दिन आग्रह गर्दै सहयोगी दाता शुभेच्छुकजन प्रती आभार प्रकट गर्दै शुभकामना ब्यक्त गरेका थिए।

अध्यक्ष सिंहले सबैको साझा प्रयास सहयोगले दिन दुखी असहायको सेवा सहयोग हुने र त्यो नै मानवको सर्बोत्तम धर्म भएको उनले जनाए। आआफ्नो ठाउबाट दिनदुखी असहायको सेवा सहयोग गर्न उनले आग्रह गरे।

मानवताप्रेमी सहयोगी दाता,सुभेच्छुक ,सल्लाहकार,पदाधिकारी सदस्यजन प्रति आभार ब्यक्त गर्दै नयाँवर्ष २०८२ को बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

Leave a review

This will close in 0 seconds