पत्रकार यादवमाथि दुर्व्यवहार गर्ने योगशिला हस्पिटलका सञ्चालक गुप्ताले मागे माफी

साझेदारी दैनिक
748 पाठक संख्या

कलैया । बाराको कलैयास्थित योगशिला हस्पिटल प्रा.लि का सञ्चालक पवन गुप्ताले पत्रकारमाथि दुर्व्यवहार गरेको घटनापछि जिल्ला प्रहरी कार्यालय बारामा पत्रकारसँग माफी मागेका छन्।

उनले आफूले गल्ती गरेको स्वीकार गर्दै अबदेखि यस्ता कार्य नदोहोर्याउने लिखित प्रतिबद्धता जनाएका छन्।

गत शनिबार मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको अनुगमनका क्रममा योगशिला अस्पतालमा रिपोर्टिङ गरिरहेका पत्रकार सन्दीप यादवमाथि सञ्चालक पवन गुप्ता र डा. सुमन प्रसाद साहले दुर्व्यवहार गरेका थिए।

पत्रकारमाथि गालीगलौज गर्नुका साथै प्रेस कार्ड खोस्ने,मोबाइल खोस्ने प्रयास गर्ने र गोली हान्ने धम्कीसमेत दिइएको थियो।

घटना भएपछि शनिबार नै जिल्ला प्रहरी कार्यालय बाराले सञ्चालक गुप्तालाई नियन्त्रणमा लिएको थियो। यसबीचमा केही राजनीतिक दलका नेताहरू र प्रभावशाली व्यक्तिहरूले उनलाई छुटाउन दबाब दिएको बताइएको छ।

तर अन्ततः जिल्ला प्रहरी कार्यालयमा छलफल र सहमतिपछि अस्पताल सञ्चालक पवन गुप्ता छुटेका छन ।

यस घटनाप्रति सञ्चारकर्मीहरूले प्रेस स्वतन्त्रतामाथि आक्रमण भएको भन्दै विरोध जनाएका छन्। उनीहरूले भविष्यमा यस्ता घटना नदोहोर्याउन सम्बन्धित निकायलाई गम्भीर ध्यान दिन आग्रह गरेका छन्।

Leave a review

This will close in 0 seconds