कलैया : गणतन्त्र दिवसको अवसरमा बारा जिल्लाको कलैया स्थित ऐतिहासिक सिद्वेश्वर मन्दिर परिसरमा विशेष सरसफाई कार्यक्रम विहीबार सम्पन्न गरिएको छ।
जिल्ला प्रशासन कार्यालय बाराको अगुवाइमा तथा जिल्ला समन्वय समिति बारा र कलैया उपमहानगरपालिकाको सहकार्यमा उक्त सरसफाइ कार्यक्रम आयोजना गरिएको हो।
सरसफाई कार्यक्रममा सहभागि बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले मन्दिर परिसरमा लागूपदार्थ सेवनको प्रमाण भेटिएको जानकारी दिए । उहाँका अनुसार मन्दिर परिसरबाट जुट्खा, बियरका बोतल तथा निडिल जस्ता सामग्रीहरू फेला परेका बताउनुभयो । यस्ता गतिविधि नियन्त्रण गर्न सशक्त निगरानीका लागि सिभिल प्रहरी परिचालन गरिने प्रजिअ अधिकारीले बताएका छन्।
उक्त मन्दिर परिसर भित्र लागु औषध खादा खादै प्रमाणसहित भेटियो भने नियन्त्रणमा लिएर कार्वाही गरि उनको अभिभावकको जिम्मा लगाउने प्रजिअ अधिकारीको भनाई छ । उहाले युवाहरुलाई लागु औषधको कुलतमा नपर्न समेत आग्रह गरे ।
उक्त कार्यक्रममा कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद प्रसाद यादव,प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, राष्ट्रिय अनुसन्धान उप– निर्देशक बाराका प्रमुख दिपक खड्का,जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पाण्डे,नेपाली सेनाका प्रतिनिधि,सशस्त्र प्रहरी बलका प्रतिनिधि,मालपोत कार्यालय बाराका कर्मचारी, क्षेत्र नम्बर ४ ख क्षेत्रीय सभापती एवं पुर्व तरुण दल जिल्ला अध्यक्ष लोकेश सिंह,कलैया उपमहानगरपालिका का वातावरण तथा विपद व्यवस्थापन महाशाखाका प्रमुख अनिल पाण्डेय,सञ्चारकर्मीहरु लगायतको उपस्तिथि रहेको थियो ।

