Sajhedari Daily
Latest News from Nepal

भन्सार छलीका जुत्ता बरामद

पर्सा प्रहरीले शुक्रवार अवैध रुपमा भंसार छली ल्याएका जुत्ता बरामद गरेको छ ।अवैध रुपमा भन्सार छली गरेर ल्याइएको ४ वटा बोरामा रहेको करिब एक लाख ७६ हजार १ सय बराबरको अबैध जुता बरामद गरेको प्रहरीले जनाएको छ ।

विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यलयबाट खटिएको प्रहरी टोलीले उक्त जुत्ता वरामद गरेको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर २० हरपतगञ्ज्स्थित वडा नम्बर १७ बस्ने राजेश सहनी र सिकिन्द्र सहनीले चलाएर आएको ना.१६ प ७४०५ नंम्बरको मोटरसाईकल र साईकलसहित अबैध जुता बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका दुबैजनालाई वरामद जुतासहित आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।