प्रहरी कारवाहीको सिलसिलामा बुधबार एक सय १० सवारी साधनलाई कारवाही गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएको हो ।
जिल्ला प्रहरी कार्यालय मातहत समेत गरी ३० स्थानमा अपराध नियन्त्रण,रोकथाम तथा यातायात व्यवस्थापनको लागी ट्राफिक प्रहरी सहितको टोलीले आकस्मिक जाँच गरी ट्राफिक नियम विपरित चलाईएका सवारी साधनलाई नियन्त्रणमा लिएको हो ।
७६ सवारी साधनहरूलाई कारवाही गरी ७० हजार रुपैयाँ राजस्व संकलन गरिएको छ । यस्तै नियमित जाँचको क्रममा ३४ सवारी साधनहरूलाई कारवाही गरी रू.३४ हजार राजश्व संकलन गरेको प्रहरीले जनाएको छ ।
कुल सवारी साधन १ सय १० कारवाही गरी जम्मा रू.एक लाख चार हजार रुपैयाँ राजश्व संकलन गरीएको छ ।
यस्तै तीन वटा मोटरसाइकल प्रहरीको नियन्त्रणमा लिई ट्राफिक व्यवस्थापन सम्बन्धि प्रशिक्षण तथा सचेतनामुलक कार्यक्रमहरू समेत संचालन गरिएको प्रहरीले जनाएको छ ।

