रौतहट। नेपाल चिकित्सक संघले रौतहटमा नयाँ शाखा विस्तार गरेको छ। नेपाल चिकित्सक संघ रौतहटको जिल्ला कार्य समिति चयन गरिएको छ।
रौतहटको चन्द्रनिगाहपुर स्थित आरोही होटलमा आज शनिवार सम्पन्न भएको एक कार्यक्रमबीच रौतहटमा डाक्टर सुभाष कुमार चौधरीको अध्यक्षतामा नेपाल चिकित्सक संघ जिल्ला कार्य समिति चयन गरिएको हो।
चन्द्रपुर हस्पिटलका सञ्चालक समेत रहेका डाक्टर सुभाष कुमार चौधरीको अध्यक्षतामा १५ सदसीय नयाँ शाखा सहित कार्यसमिति गठन गरिएको हो।
नव गठित नेपाल चिकित्सक संघ,रौतहट शाखाको वरिष्ठ उपाध्यक्षमा डा. कौशर आलम,उपाध्यक्षमा डा. राकेश चौधरीलाई चयन गरिएको छ।
त्यस्तै सचिवमा डा. मनोज कुमार कौशल,कोषाध्यक्षमा डा. शशी रंजन तिवारी, सहसचिवमा डा. नवीन कुमार सिंह र सहकोषाध्यक्षमा डा. राम भरोस प्रसादलाई चयन गरिएको हो।
यस्तैगरी सदस्यहरुमा डा. श्याम बाबु साह, डा. राकेश कुमार साह, डा. पंकज कुमार साह, डा. यादव प्रसाद घिमिरे, डा. राम ईश्वर साह, डा. अमरेश कुमार यादव, डा. अम्बेडकर कुमार यादव, र डा. मोहमद सदरे आलम गरी जम्मा १५ जनाको कार्यसमिति गठन भएको छ।
त्यस्तै सल्लाहकर समिति सदस्यमा डा. राजेन्द्र कुमार चौधरी, र डा. अभिनन्दन श्रीवास्तवलाई चयन गरिएको संघका जिल्ला अध्यक्ष डा. सुभाष कुमार चौधरीले जानकारी दिएका छन्।
उक्त नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. अनिल बिक्रम कार्कीको प्रमुख आतिथ्य तथा डा. सुभाष कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा हेल्थ ल्याण्ड हस्पिटल गरुडाका डा. राकेश चौधरी, अनामिका हस्पिटल गरुडाका डा. आरबी प्रसाद गुप्ता, राजपुर नगरपालिका मेयर डा. राजिक आलम लगाएत विभिन्न अस्पतालमा कार्यरत डाक्टर, पत्रकारहरुको सहभागिता रहेको थियो।

